लिसो जस्तै माओवादी मन्त्रीहरु – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

लिसो जस्तै माओवादी मन्त्रीहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । उनीहरु पार्टीको नीति अनुसार सरकारमा लिसो टाँसिए जस्तै टाँसिएर बसेका छन् । चुनावमा सरकारी स्रोत र साधनको दुरुपयोग गर्नका लागि मन्त्रालयको जिम्मेवारी नै नदिँदा समेत लाज पचाएर सरकारमा टाँसिरहेका छन् ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए । माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गर्न लागेको भन्दै सरकारमा नै बसिरहेका छन् । तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीय कै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन् ।
सत्ताको लोभमा बिनाविभागीय भएर बस्दा आसन्न निर्वाचनमा यसले कस्तो असर पार्छ भन्ने हेक्कासमेत माओवादीका मन्त्रीहरूले राखेको देखि“दैन । अहिले बिनाविभागीय मन्त्रीमा रहेको प्रायः सबैले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् । माओवादीका तर्फबाट आफ्ना मन्त्रीहरूको नेतृत्व गर्दै देउवा सरकारमा सहभागी भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलगायतका १७ जना माओवादी मन्त्रीहरू बिनाविभागीय छन् । बोलीको ठेगान नभएका प्रचण्डले दोस्रो चरणको निर्वाचनको उम्मेद्वारी दर्तासँगै आफ्ना मन्त्रीहरुले सरकार छाड्ने बताए पनि माओवादी मन्त्री अझै सरकारमै छन् ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७४ कार्तिक २३, १०: ३७

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७४ कार्तिक २३, १०: ३७

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७४ कार्तिक २३, १०: ३७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...