
नयाँ विकल्प,
काठमाडाैं-कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाकाले जनाएकाे छ ।
बानियाँ सोमबारदेखि सम्पर्कविहीन थिए । महानगरीय अपराध महाशाखाका अनुसार बानियाँकाे शव पुलमुनि फेला परेकाे थियाे । शव चिन्न मुस्किल भएपनि अन्य हुलिय हेर्दा उनकै भएकाे खुलेकाे छ । उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
बानियाँ पछिल्लो समय एक दशकदेखि कन्तिपुरमा कार्यरत थिए । त्यसअघि उनी नागरिक दैनिकमा गएका थिए । नागरिकअघि बानियाँ झण्डै डेढ दशक कान्तिपुर दैनिकमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।
कान्तिपुरमा रहँदा राजनीतिक र संसदीय मामिलामा कलम चलाउने बानियाँ पिछल्लाे दशकदेखि प्रशासन र भ्रष्टाचारकाे विषयमा खाेजमुलक समाचार लेख्ने गर्दथे । नेपाल पत्रकार महासंघका पूर्वसचिव समेत थिए ।
मृतक बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् । बानियाँकाे मृत्यु संकास्पद रहेकाेले अनुसन्धान भैरहेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...