उपत्यकामा काेराेना संक्रमण बढेपछि काठमाडाैं भित्रिन र बाहिरीन रोक ! – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उपत्यकामा काेराेना संक्रमण बढेपछि काठमाडाैं भित्रिन र बाहिरीन रोक !

नयाँ विकल्प,

काठमाडाैं- कोरोना भाइरस ( काेराेना-१९ ) संक्रमित संख्या बढ्न थालेपछि गृहमन्त्रालयले काठमाडाैं उपत्यकाका तिन जिल्ला काठमाडाैं भक्तपुर र ललितपुरबाट जारी हुदै आएकाे सवारी पास बन्द गरेकाे छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम ढकालका अनुसार गृहमन्त्रालयकाे निर्णय अनुसार उपत्यका भित्रिने र बाहिरीने नाकामा पास प्रणाली हटाएसंग उपत्यका भित्रिन र बाहिरीने सवारी साधनलाइ पूर्ण राेक लगाइएकाे छ । अत्यावस्यक सेवाका सवारी साधन भने यथावत चल्ने छन् ।

नयाँ विकल्पसंग कुरा गर्दै प्रमुख ढकालले काेराेना संक्रमण फैलिन नदिन सरकारी निर्णय संगै सवै नाकामा रहेका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलाइ कडाइका साथ नियम पालना गराउन निर्देशन जारी भएकाे बताए

यस अघि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट जारी हुने सवारी साधन पास बन्द गर्न निर्देशन दिएकाे थियाे । गृहकाे निर्णय संगै काठमाडौं भित्रिने र बाहिरिने नाका पुर्ण रूपमा बन्द गरिएकाे छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।


याे निर्णय संगै काठमाडाैं भित्रिन र बाहिरीन पुर्ण रूपमा बन्द गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं का अनुसार यस अघि दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएकाे छ । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ श्रावण २९, १४: ४१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७७ श्रावण २९, १४: ४१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७७ श्रावण २९, १४: ४१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...