शुक्रबार छलफलगर्ने सहमति गर्दै ओली-प्रचण्डबीचकाे बैठक सकियाे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
नेकपा विवादः

शुक्रबार छलफलगर्ने सहमति गर्दै ओली-प्रचण्डबीचकाे बैठक सकियाे

नयाँ विकल्प,

काठमाडाैं- प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड विच शुक्रबार पुनः छलफल गर्ने सहमतिका साथ विहिबारकाे बैठक सकिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सूर्य थापका अनुसार अर्काे बैठक पुनः भाेली शुक्रबार बस्ने गरि सकिएकाे छ । विहिबारकाे छलफल सहमति नजिक रहेकाे बताइएकाे छ ।

नेकपा स्थाइ समिति बैठक बाेलाउने विषयमा विवाद चुलिएपछि दुइ अध्यक्ष विच गत साउन २० गते देखि बाेलचान समेत भएकाे थिएन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा विवाद समाधानका लागि विहिबार बैठक बसेकाे हाे ।

ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो। पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।बुधबार एक टेलिभिजन संगकाे अन्तरवार्तामा प्रधामनमन्त्री ओलीले नेकपाकाे विवाद पाँच दिन भित्र समाधान गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले त्यसकाे भाेलिपल्टै बिहीबार बिहान छलफलका लागि प्रचण्ड बालुवाटार बाेलाएका हुन् ।दुइ शिर्ष नेताकाे छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी र रहेका थिए

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २९, १६: १३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण २९, १६: १३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २९, १६: १३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...