

नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्का नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको असहमति हुँदा हुँदै २० जना केन्द्रीय सदस्यलाई विभाग प्रमुख बनाउँदै १८ विभाग विस्तार गरेसँगै जिम्मेवारी नपाएका संस्थापन पक्षधर केन्द्रीय सदस्यहरु असन्तुष्ट बनेका छन् ।
कांग्रेसको विधान संशोधन गरी २८ विभागलाई बढाएर ४८ बनाइए पनि सभापति देउवाले आफूपक्षधर झण्डै एक दर्जन केन्द्रीय सदस्यलाई समावेस गर्न नसक्दा उनीहरु असन्तुष्ट बनेका हुन् । प्रवक्ता विश्वप्रकाश शर्मासहित २० केन्द्रीय सदस्य विभाग प्रमुख भइसकेका छन् ।
पार्टी भित्र कुनै पनि निकायमा क्रियाशिल भूमिका नपाउने संस्थापन पक्षधर नेताहरुमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादवदेखि २०७२ को १३ औं महाधिवेशनपछि पार्टी एकताबाट केन्द्रीय सदस्य हुने कसैलाई पनि विभागीय जिम्मेवारी दिइएको छैन ।
समाजवादी चिन्तक तथा प्रखर वक्ता प्रदिप गिरी, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, राष्ट्रियसभा संसदीय दलका पूर्वनेता सुरेन्द्रराज पाण्डे, नेतृ सुजाता परियारलाई कुनै पनि विभागीय जिम्मेवारी दिईएको छैन ।
सांसद पार्वता डीसी चौधरी, महिला संघकी पूर्वअध्यक्ष डा. डीला संग्रौला, महालक्ष्मी उपाध्याय डिना, पूर्वमन्त्री रमेश लेखक, सांसद बहादुरसिंह लामा, लक्ष्मी परियार, राधेचन्द्र यादव, ध्यानगोविन्द रञ्जित,अमृत अर्याल, अतहर कमाल मुसलमान र शीला शर्मा खड्कालाई कुनै विभागीय जिम्मेवारी दिइएको छैन ।
नवप्रवेशीलाई पनि जिम्मेवारी दिइएन्
पार्टीको १३ औं महाधिवेशन २०७२ चैतयता अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेर केन्द्रीय सदस्य हुने कसैलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छैन ।
सर्लाहीका जंगीलाल राय, डोल्पाका कर्णबहादुर बुढा, कैलालीका रामजनम चौधरी, सिरहाका मोहम्मद नासिर सिद्धिकी, झापाका भारेन्दुकुमार मल्लिक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, दाङका योगन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने र पवनकुमार शारडा, सुनसरीकी सुमित्र थरुनी र कल्पना चौधरीलाई विभागीय जिम्मेवारी दिइएको छैन ।
यीनले मात्र पाए जिम्मेवारी
पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन, अम्विका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन,महेन्द्र यादवलाई यातायात समन्वय, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी समन्वय विभाग प्रमुखको जिम्मेवारी दिईको छ ।
त्यस्तै, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, अजयकुमार चौरसियालाई तराई मधेश समन्वय, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय, शंकर भण्डारीलाई तरुण, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्व विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।
चिनकाजी श्रेष्ठलाई उद्योग व्यवासय, मोहनबहादुर बस्नेतलाई खेलकुद, इश्वरी न्याैपानेलाई महिला, विश्वप्रकाश शर्मालाई प्रचार, फरमुल्लाह मन्सुरलाई मुश्लिम, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग प्रमुख तोकिएको छ ।
पदाधिकारीहरुलाई सामान्यतया विभागीय जिम्मेवारी दिने प्रचलन छैन । त्यसैले सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतले कुनै पनि विभागीय जिम्मेवारी लिएका छैनन् ।
प्रतिनिधिसभाका प्रमुख सचेतक वालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल, कर्णाली प्रदेश पार्टी संसदीय दलका नेता जीवनबहादुर शाही, अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्वे, सदस्य किशोर सिंह राठौर र देवेन्द्रराज कँडेललाई थप जिम्मेवारी दिने प्रचलन छैन ।
केन्द्रीय सदस्य समेत रहेका नेपाल दलित संघका सभापति मीनबहादुर विश्वकर्मा, लेखापरिक्षण समिति सदस्य श्यामकुमार घिमिरेलाई पनि कुनै पनि विभाग वा प्रतिष्ठानको जिम्मेवारी दिइएको छैन् ।
सुझाव र दर्शनमा सीमित २० आमन्त्रित केन्द्रीय सदस्य
नेपाली कांग्रेसको विधानले आमन्त्रित केन्द्रीय सदस्य आवश्यकता बमोजिम सभापतिले चयन गर्न सक्ने अधिकार दिएपछि हाल २० जना आमन्त्रित केन्द्रीय सदस्य पुगेका छन् । सभापति देउवाले अन्य दलबाट आएका र पुराना कार्यकर्ता र नेतलाई तान्न आमन्त्रित केन्द्रीय सदस्य बनाउने गरेका हुन् ।
यस्ता आमन्त्रित केन्द्रीय सदस्यको हैसियत भनेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय कार्यसमिति सदस्यले बोलेको कुरा सुन्ने वा आफ्ना सुझाव र दर्शन छाँट्ने मात्र अधिकार हुन्छ ।
बैठकमा पेश भएका कुनै पनि विषयमा मत राख्न वा पक्ष लिने अधिकार उनीहरुमा हुँदैन । यस्ता दर्शक नेताहरुमा सुनसरीका नन्दनकुमार दत्त, रमा कोइराला पौडेल र नरेन्द्रकुमार चौधरी, काश्कीका कुमार खड्का र सूर्यबहादुर केसी, भारतका वालकृष्ण पाण्डे, अमेरिकाका आनन्द –गोरख) विष्ट पर्छन् ।
त्यस्तै, बागलुङका किरण शर्मा पौडेल, दाङका कृष्णकिशोर घिमिरे, झापाका सुधिर शिवाकोटी र गोपाल बस्नेत, धनकुटाका मनोहरनारायण श्रेष्ठ, तनहुँका ध्रुव वाग्ले, कैलालीका मोहनसिंह राठौर, सर्लाहीको शम्भुलाल श्रेष्ठ, कपिलबस्तुका अभिषेकप्रताप शाह, लमजुङका दयाराम पाण्डे, डडेलधुराका जनकराज कलौनी र स्याङ्जाका भूमिबहादुर गुरुङ आमन्त्रित केन्द्रीय सदस्य हुन् ।
आमन्त्रित केन्द्रीय सदस्यहरु सबै सभापति देउवा पक्षधरका हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...