अफगान सरकारद्वारा ४ सय तालिवानी विद्राेहीलाई रिहा – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper
तालिवानले युद्दविराम गर्ने संकेत

अफगान सरकारद्वारा ४ सय तालिवानी विद्राेहीलाई रिहा


नयाँ विकल्प,
एजेन्सी- अफगान सरकारले जेलमा रहेका चार सय जना कैदिबन्दीलाई रिहाई गरेकाे छ ।अफगान सरकारले शान्ती स्थापनाकालागि प्रतिवद्दता जनाएका उनिहरूलाई जेलमुक्त गराएकाे अफगान शुरक्षा एजेन्सीले जनाएकाे अन्तराष्ट्रिय समाचार सस्थाले जनाएकाे छ ।

अफगान सरकारले चार सय जना तालिवानी अतिवादीलाई तालिवानी समुदायकाे धार्मीक संस्था लाेया जिर्गाकाे राेहवरमा छाडिएकाे हाे । जेल मुक्त गर्नु अघि उनिहरूलाई काउन्सिलिङ समेत गरिएकाे राेयटर्सले जनाएकाे छ ।


जेलमुक्त गरिएका मध्ये ८० जना विहिबार शान्ती पुर्ण गतिविधी तथा देशकाे हितमा सहभागी हुने प्रतिवद्दता सहित छाडिएकाे हाे । उनिहरू युद्दविरामकाेलागी तालिवानी मुस्लीम संस्था लाेया जिर्गाले विषेश पहल गरेकाे थियाे । जेलमुक्त भएका विद्राेहिलाइ जिर्गाले शान्ती र देश प्रति प्रतिवद्द हुन् तालिम समेत दिएकाे थियाे ।

जेलमुक्त रहेका विद्राेहीलाई लगाइएकाे मुद्दा समेत हटाइएकाे छ । जेल मुक्त भएका कतिपय मृत्युदण्डकाे सजाय सुनाईएका र अफगानिस्थानमा गरिएकाे ठुला आत्मघाती हमलामा संलग्न रहेका विद्राेही समेत रहेका छन् । उनिहरूलाइ जेलमुक्त गराउन संयुक्त राष्टसंघले समेत सहयाेग गरेकाे जनाइएकाे छ ।अफगान राष्टपती असरफ गानीले जेलमुक्त रहेका मध्ये पछिल्लाे समुहलाई विदाई गर्न जेल पुगेका थिए ।

यसवारे तालिवान विद्राेही समुहले भने कुनै प्रतिक्रिया जनाएकाे छैन् । तालिवान विद्राेहि समुह समेत युद्दविरामकालागि इच्छुक देखिएपछ उनिहरूका बन्दि रिहा गर्न थालिएकाे अन्तराष्ट्रिय समाचार सस्थाहरूले जनाएका छन् । तालिवान विद्राेही समुह र अमेरीकी सरकारका प्रतिनिधि विच कतारमा वार्ता काे प्रयास समेत भईरहेकाे बताइएकाे छ ।

विगतमा अमेरीका सरकारसंग वार्ताकाे कुरा समेत सुन्न नचाहने तालिवान विद्राेही समुहले पछिल्लाे समय भने शक्ति बाँडफाडमा सहमती भए युद्द सधैकालागि अन्त्य गर्ने जनाएकाे छ ।

सम्बन्धित समाचार

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०७७ श्रावण ३०, १५: ०७

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...

फराकिलो मतान्तरले सोविता गौतम विजयी
फराकिलो मतान्तरले सोविता गौतम विजयी
  • २०७७ श्रावण ३०, १५: ०७

काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...

झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
  • २०७७ श्रावण ३०, १५: ०७

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...