शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह


काठमाडौंः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।

गत चैत २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ । ‘तपाईंहरुका जायज माग हरु पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।’ सिजपका महासचिव तिलोत्तम पौडेलले भने, ‘शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् । बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।’

नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा प्राप्तिको सुनिश्चितता गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकम ३४ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए । निकासकै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पूरा गर्न सकिने मागबारे मन्त्रिपरिषद्का प्रस्ताव पेस गर्ने तयारी गरेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले अन्योल उत्पन्न भएको छ ।

विगतमा भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको थियो । संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई यही वैशाखको तेस्रो सातासम्म संसद्को बैठकमा प्रस्तुत गर्न विधायकी पहल भइरहेको छ ।

मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो ।

सम्बन्धित समाचार

एनपिएल : कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
एनपिएल : कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
  • २०८२ बैशाख १०, १२: १६

काठमाडौं : जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । मंगलबार...

पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
  • २०८२ बैशाख १०, १२: १६

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...

एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
  • २०८२ बैशाख १०, १२: १६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...