एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

एनपीएलले नेपाललाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने मन्त्री पोखरेलको विश्वास

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

एनपीएलको तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने बताए। उनले एनपीएललाई ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित गर्ने प्रयासले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्यप्रति आशा जगाएको उनको भनाइ थियो। खेलप्रेमीहरूको उल्लेख्य सहभागिताले नेपाली क्रिकेटप्रतिको आकर्षण र सम्भावना बढ्दै गएको पुष्टि गरेको उनले बताए।

“खेलप्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ,” मन्त्री पोखरेलले भने, “यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु।”

प्रतियोगितामा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अन्य अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र आतिथ्यताको अनुभवसमेत लिएर फर्किने अपेक्षा व्यक्त गरे।

एनपीएलले खेलकुद र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीलाई उत्कृष्ट प्रदर्शन र रोमाञ्चक खेलका लागि शुभकामना दिए।

नेपाली क्रिकेटको लोकप्रियता विस्तार हुँदै गएको अवस्थामा एनपीएलले अन्तर्राष्ट्रिय खेलाडी तथा दर्शकलाई नेपालसँग जोड्ने र देशको पर्यटन सम्भावना विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
  • २०८३ कार्तिक ११, ०८: २७

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...

एनपिएलमा आज दुई खेल
एनपिएलमा आज दुई खेल
  • २०८३ कार्तिक ११, ०८: २७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...

एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
एनपिएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात
  • २०८३ कार्तिक ११, ०८: २७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...