कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिबाहेकका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम तय गरेको हो ।

निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै महाधिवेशनबाट निर्वाचित सबै सम्बन्धित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई निर्धारित समयमा शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०८३ कार्तिक १०, १३: ००

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु
  • २०८३ कार्तिक १०, १३: ००

रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...

कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
कात्तिक १७ र १८ गते करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २०८३ कार्तिक १०, १३: ००

काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...