
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले सत्तारुढ दलका नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिएका छन् । पुनले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर धन्यवाद दिएका हुन् ।
‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए। तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ,’ उनले भने, ‘यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन। आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले वर्तमान सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको आरोप लगाए ।
पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...