विद्यार्थी रिहाको माग गर्दै नेविसंघद्वारा देशभरका कलेजमा तालाबन्दी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विद्यार्थी रिहाको माग गर्दै नेविसंघद्वारा देशभरका कलेजमा तालाबन्दी


नयाँ विकल्प,
काठमाडौं – नेपाल विद्यार्थी संघले शैक्षिक माग र कोरोना संक्रमण नियन्त्रणका प्रयासको माग गर्दा आफ्ना एक दर्जन बढी विद्यार्थी नेतालाई प्रहरी लगाएर गिरफ्ता गरिएको विरोधमा देशब्यापी तालाबन्दी गरेको छ ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार देशका विभिन्न ठाउँमा दबाबमुलक कार्यक्रम गर्दा विद्यार्थी नेतालाई हिरासतमा राखिएकोले उनीहरुको रिहाईको माग गर्दैं देशभरिका क्याम्पसमा नेबिसंघ क्याम्पस इकाई मार्फत तालबन्दी गरिएको हो ।

काठमाण्डौ र विरगंजमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरु तुरुन्त रिहा गर्न, झुट्टा मुद्दा खारेज गर्न, राज्य आतंक वन्द गर्न, त्रिभूवन बिश्व बिद्यालयमा ब्याप्त बिकृति,बिसंगती र राजनैतीक भागबन्डाको अन्त्य गर्न र पोखरा बिश्वबिद्यालय र अन्य बिश्वबिद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न नेविसंघले माग राख्दै आएको छ ।

प्रहरीले साउन २७ गते त्रिविविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्ष र सवारी साधनहरुमा तोडफोड गरेको आरोपमा नेविसंघका नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर लगायत ८ जनालाई पक्राउ गरी मुद्धा लगाएको छ ।


त्यस्तै, साउन २६ गते वीरगंजमा सबै स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा प्रदान गर्न र कोरोना संक्रमितको उपचारमा लापरवाही नगर्न, तथा कोरानाका कारण मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ती दिन माग गर्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरी रिहा गरे पनि विकास तिवारीलाई भोलीपल्ट साउन २८ गते पक्राउ गरेको थियो ।

पक्राउ गरेको विद्यार्थीलाई तुरन्त रिह गरी जनताका जायज मुद्धा उठाउँदा प्रहरी दमन र झुटा मुद्धाको सहाराले फासउन खोज्ने निरंकुस चरित्र प्रदर्शन नगर्न ओली सरकारलाई अध्यक्ष ढुंगानाले चेतावनी दिएका छन् ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौं र बीरगंजमा पक्राउ परेको विद्यार्थीलाई सत्ताको ताबेदारी गर्दै झुटो मुद्धामा फसाउन खोजेको भन्दै तुरुन्त रिहा गरी झुटा मुद्धा फिर्ता लिन माग गरेका छन् ।

महामन्त्री तिम्सिनाले विश्लविद्यालयमा व्याप्त विकृति विसंगति र राजनैतिक भागबण्डाको अन्त्यगर्दै पोखरा विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।

तस्वीरहरु -त्रिचन्द्र,आरआर,शंकरदेव,भक्तपुर,सानोठिमी क्याम्पस

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण ३१, १२: ०५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण ३१, १२: ०५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण ३१, १२: ०५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...