लिदी पहिराेमा पुरिएका १६ जनाकाे शव फेला, पुनः पहिराे खस्न थालेपछि खाेजिकार्य प्रभावित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरो अपडेट

लिदी पहिराेमा पुरिएका १६ जनाकाे शव फेला, पुनः पहिराे खस्न थालेपछि खाेजिकार्य प्रभावित

नयाँ विकल्प,


काठमाडाैं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिको लामा टोलमा पहिरोमा पुरिएर मृत्यु भएका मध्ये १६ जनाकाे शव निकालिएकाे छ ।पहिरोमा परेका ३८ जना स्थानीयमध्ये १६ जनाको शव निकालिएको छ , पाँच जनाकाे उद्दार गरि उपचारकालागि काठमाडाैं ल्याइएकाे छ। पहिराेमा परेका थप १७ जना हराइरहेका छन् ।

पहिरो खस्ने क्रम नराेकीएकाले थप हराइरहेकाकाे खाेजिकार्य प्रभावित बनेकाे छ ।

साे क्षेत्रमा अहिले पनि बर्षा भइरहेकाे र पहिराे खस्ने क्रम नराेकिएकाले हराइरहेकाहरूकाे खाेजिकार्य स्थगित गरिएकाे छ । उद्धारमा खटेका नेपाली सेना र प्रहरी काम स्थगित गरेर सुरक्षित स्थानमा बसेका छन् ।

साे स्थानमा पहिरो खस्ने त्रासले स्थानीय घर छोडेर स्कुल डाँडाआसपास बसेका छन् । शनिबार बिहान लिदी पुगेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद शेरबहादुर तामाङ, बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपालले तत्कालका लागि आवश्यक सामग्री राहतस्वरुप वितरण गरेर फर्केका छन् । नेपाली सेनाले स्थानीय र उद्धारमा खटेका सबैलाई बस्ने बासको व्यवस्थापन गरेको

पहिराेले पुर्याएकाे क्षति बारे स्थलगत निरिक्षणाका लागी सभामुख अग्नी सापकाेटा, गृहमन्त्री रामबहादुर थापा शुक्रवार प्रभावित क्षेत्रमा पुगेर फर्केका छन् ।

गृहमन्त्री थापाले पहिराेले घर विहिन भएका ४० परिवारलाइ अवास्यक खानेकुरा , कपडा लगायत टेन्ट समेत वितरण गरेका छन् । गृहमन्त्री थापाले पहिराे प्रभावीत परिवारलाइ जनहि २ लाख रकम उपलब्ध गराएका छन् । अविरल बर्षाका कारण गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ श्रावण ३१, १५: १८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७७ श्रावण ३१, १५: १८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७७ श्रावण ३१, १५: १८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...