मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई

काठमाडौं : ७२औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो ।

महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जितेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८२ जेष्ठ १८, ११: ३८

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८२ जेष्ठ १८, ११: ३८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ जेष्ठ १८, ११: ३८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...