आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।

यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

सामान्यतया १८ वर्षदेखी ६० वर्ष उमेर समुहकाले रक्तदान गर्न सकिन्छ । तौल कम्तिमा ५० के.जी हुनुपर्छ भने हरेक ३ महिनामा रक्तदान गर्न सकिन्छ । रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो । यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू र्पुयाइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ ।

दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ । त्यस्तो बेला रगतको विकल्प केही हुँदैन । त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो ।  समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ ।

रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

 

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ जेष्ठ ३१, १०: ३५

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ जेष्ठ ३१, १०: ३५

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ जेष्ठ ३१, १०: ३५

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...