आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।

यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

सामान्यतया १८ वर्षदेखी ६० वर्ष उमेर समुहकाले रक्तदान गर्न सकिन्छ । तौल कम्तिमा ५० के.जी हुनुपर्छ भने हरेक ३ महिनामा रक्तदान गर्न सकिन्छ । रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो । यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू र्पुयाइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ ।

दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ । त्यस्तो बेला रगतको विकल्प केही हुँदैन । त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो ।  समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ ।

रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

 

सम्बन्धित समाचार

मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
  • २०८२ जेष्ठ ३१, १०: ३५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको...

कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
कांग्रेसको चन्द्रागिरि नगर अधिवेशनबाट समावेशी अनुहार प्रकाश श्रेष्ठ र शान्ता बस्नेतको टिम विजयी
  • २०८२ जेष्ठ ३१, १०: ३५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनबाट चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। नगर सभापतिका लागि...

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
  • २०८२ जेष्ठ ३१, १०: ३५

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...