प्रधानमन्त्रीसंग रक्षामन्त्री विरुद्ध योगेशको उजुरी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
दुवईमा अलपत्र परेका नेपालीलाई नल्याई नेपाल एआरलाईन्सको विमान रितै फर्कियाे

प्रधानमन्त्रीसंग रक्षामन्त्री विरुद्ध योगेशको उजुरी

नयाँंविकल्प
काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विरुद्ध संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री समक्ष उजुुरी गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अबेर सम्म बसेको सीसीएमसीको बैठकमा मन्त्री भट्टराइले इश्वर पाेखरेल विरूद्द मौखिक उजुरी गरेका हुन् । रक्षामन्त्री पोखरेल सीसीएमसीका संयोजक हुन्।

मन्त्री भट्टराइले इस्तानाबुलबाट टर्कीस एअरमा अलपत्र नेपाली ल्याउन दिने तर नेपाल एअरलाईन्समा नदिने किन भन्दै यसको छानबीनको माग गरेका हुन् ।
दुवईमा अलपत्र परेका नेपालीलाई नल्याई नेपाल एआरआईन्सको विमान रितै आएकोमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल विरुद्ध पर्यटन मन्त्री योगेश भट्टराईले उजुरी गरेका हुन् । ।

कोरोना संक्रमणका अलपत्र परेका २ सय ६६ नेपाली श्रमिक सोमबार राति नै नेपाल फर्कन तयार भएर दुबई एयरपोर्ट आएका थिए । वैदेशिक रोजगारीको शिलशिलामा युनाइटेड अरब इमिरेट्स अरब (यूएई) आएका उनीहरु लामो समयदेखि स्वदेश फर्कन पाएका छैनन् । उनीहरुलाई लिन गएको नेपाल एअरलाईन्सको जाहाज सोमबार रित्तै काठमाडौ फर्किएको थियो।

सीसीएमसीका संयोजक समेत रहेका रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पराराष्ट्रमन्त्री प्रदिप ज्ञावली मार्फत अलपत्र नेपालीहरुलाई तत्काल नेपाल नल्याउन पत्रचार गरेका थिए। तर टर्कीस एअरको जाहाजलाई भने सोही दिन अलपत्र नेपाली बोकेर आउन अनुमति दिएको थियो।

पेखरेलको यो कदमबाट रुष्ट भएका भट्टराईले बुधबार बसेको सीसीएमसीको बैठकको शुरुमा नै यो बिषयलाई प्रवेश गराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको सो बैठकमा मन्त्री भट्टराईले टर्कीस एअरलाई नेपाल आउन दिनेु तर नेपाल एअरलाईन्सलाई रोक्नु गंभीर घटना भएको धारणा बैठकमा राखेका थिए।

उनले यस बिषयको छानबीन गर्न प्रधानमन्त्री समक्ष माग गरेका थिए। उनले यो घटना प्रधानमन्त्री र सरकारको काम गर्ने ‘स्प्रिट’विपरित भएको भन्दै आक्रोश पोखेको एक सहभागिले जानकारी दिए।
रक्षा मन्त्री पोखरेलले भने पुरानै कुरा दोहोर्याउदै क्वरेन्टाईन समस्यका कारण नेपाल ल्याउन

नसकिएको जवाफ दिएका थिए। त्यसपछि भट्टराईले आफु सीसी एमसीको सदस्य भएको भएपनि यसबारे समयमा जानकारी नदिएको भन्दै यो घटना सामन्य नभएको भन्दै छानबीनको माग गरेका थिए।
मन्त्रीहरुबीच विवाद बढ्दै गएपछि बैठकमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपरेको एक सदस्यले बताए। प्रधानमन्त्रीले यो घटनाको छानबीन गर्ने भन्दै भट्टराईलाई आश्वस्त पारेको एक सहभागिले बताए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ४, १६: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र ४, १६: २८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ४, १६: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...