बामदेवको ६ बुँदे सुत्र वरीपरी नै नेकपा कार्यदलकाे सुझाव – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
नेकपा विवादः

बामदेवको ६ बुँदे सुत्र वरीपरी नै नेकपा कार्यदलकाे सुझाव

नयाँं विकल्प,
काठमाडौं– पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई शुक्रबार आफ्नो सुुझाव बुुझाउने तयारी गरेको छ।

यसका लागि कार्यदलको बैठक पटक बसीसकेको छ। यसको अन्तिम तयारीका लागि बिहीबार साँंझ अबेर सम्म कार्यदलको बैठक बसेको थियो।

स्रोतका अनुसार कार्यदलले केही बुँदा छोडेर अधिकांस यस अघि उपाध्यक्ष बामदेव गौतमले पेश गरेका छ सुत्र वरिपरि रहेर सुुझुाव तयार गरेको स्रोतले बतायो। कर्यदलले मन्त्रिपरिषद्मा हेरफेर, प्रदेशका मन्त्री तथा मुख्यमन्त्रीको परिवर्तन, सचिवालयको निर्णय अनुसार राजनीतिक नियुक्ति लगायतका बिषयमा जोड दिएको स्रोतले दावी गर्यो।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले महासचिव विष्ण ुपौडेलेको संयोकत्वमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूसाल, र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेका थिए। सो कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको थियो।

कार्यदलले धेरै बुँदामा भने गौतमको सुत्र अनुसार सुझाव तयार गरेको छ।
साउन अन्तिम साता बसेको सचिवालय बैठकमा गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल भरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहन,प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहन दिनुपर्ने समेत प्रस्ताव गरेका थिए। ।

उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, बैठकहरु पार्टी कार्यालयमा संचालन गर्ने प्रस्ताव पनि गरेका थिए । उनले प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने सुझाव पेश गरेका थिए । यसैगरी, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने उल्लेख गरेका थिए।

उपाध्यक्ष गौतमले मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने प्रस्ताव समेत बैठकमा पेश गरेका थिए। । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेत प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने’ पनि प्रस्ताव गरेका थिए।
महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले गौतमले उल्लेख गरेका सबै बुँदालाई समेटेको एक सदस्यले बताए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ५, १२: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र ५, १२: २५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र ५, १२: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...