नयाँ विकल्प

काठमाडाैं-नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक याे बर्ष कम छ । काेराेना संक्रमणका कारण भिडभाड गर्न नपाएकाले धार्मीक तथा विभिन्न स्थानमा हुने तिज कार्यक्रम याे पटक हुन पाएन् ।
तिजकाे राैनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै हुने गरेकाे छ । तिजमा विषेश गरि महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।
सहरी क्षेत्रको तीजका कार्यक्रम पाैराणीक महत्व र संस्कृति अनुसार भन्दा पनि भड्किलो हुन थालेपछि कतै यसकाे महत्व विस्तारै लाेप हुने त हाेइन भन्ने चिन्ता पनि सुरू भएकाे छ । तीजको रमझममा पश्चिमा शैली मिसिन थालेपछि तिजकाे माैलिकताकाे बारेमा वहस समेत हुन थालेकाे छ
नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ ।
धार्मिक मान्यता अनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।
धार्मिक महत्व
हिन्दु धर्म अनुसार भाद्र शुक्ल तृतीयाका दिन मनाउने पर्व नै तिज पर्व हाे । तिजकाे दिन निराहार (पानी नखाइ) व्रत बस्ने भएकाले विषेश गरि महिलाहरूले अघिल्लाे दिन अर्थात दुतियाका दिन राति अवेर सम्म बसेर दर खाने चलन छ । तिजकाे भाेलिपल्ट अर्थात चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाने चलन छ ।
तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ भन्ने मान्यता रहेकाे छ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरि जमिनमा हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाने गरिन्छ ।
तिजकाे अघिल्लाे दिनकाे दर र पञ्चमीकाे दिन ब्रत वसेका महिलाकाे श्रीमान्ले पकाएकाे खाना खाने चलन छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । ह्दय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ ।
नेपाली समाजमा तिजकाे महत्व
नेपाल कृषिप्रधान मुलुक भएकाले तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ ।
विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दु:खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ ।
तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन्। कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ ।
तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।
चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् ।विग्रिएकाे सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व रूपमा तीजलाइ लिने पनि गरिन्छ ।
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...