फिल्म ‘जदौ’ मा प्रभातपाल र नीतिको रोमान्स हुने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

फिल्म ‘जदौ’ मा प्रभातपाल र नीतिको रोमान्स हुने

 

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल,अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनीक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।

कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’ मा प्रभापपल अघिनै मुकुन भुसाल,नीति शाह,ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित् भइसकेका छन् । सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्न पाउदा आफू निकै पुलकित भएको र यसका लागि बिशेष तयारीमा जुटिसकेको प्रभातपालले बताएका छन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।

बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका बिभिन्न स्थानमा खिचिनेछ । केही दिनमै प्रेसमिटमार्फत फिल्मबारे बिस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ ।

सम्बन्धित समाचार

‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदै, स्वस्तिमाको ‘टर्निङ प्वाइन्ट’ फिल्म
‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदै, स्वस्तिमाको ‘टर्निङ प्वाइन्ट’ फिल्म
  • २०८२ असार २९, १७: ५७

‘काठमाडौं ।टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ फिल्म...

रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने
रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने
  • २०८२ असार २९, १७: ५७

काठमाडौं ।  चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापा को निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते,...

‘पहाड’ : युवालाई गाउँ फर्किन प्रेरित गर्ने सशक्त कथा
‘पहाड’ : युवालाई गाउँ फर्किन प्रेरित गर्ने सशक्त कथा
  • २०८२ असार २९, १७: ५७

काठमाडौँ। वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ले नेपालको समग्र अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया सेलिब्रेटीहरूले दिएका...