
नयाँ विकल्प
काठमाडौं – कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्र्मीमाथि दुव्र्यवहार भएको घटना अमानविय र आपराधिक भएको भन्दै साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
‘कुनै पनि खालको भेदभाव वा दुव्र्यवहार कानूनीरूपमा दण्डनीय कसुर भएको अवस्थामा जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव भएको बेला स्वास्थ्यकर्मीमाथिको आक्रण आपराधिक हो’, साझाका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरुको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुव्र्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझाको ठहर छ ।
‘विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो’ विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुव्र्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।
देशभरका स्वास्थ्यकर्र्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई साझाले अपील गरेको छ ।