तारकेश्वर गाँउपालिका–६ का वडाध्यक्ष रिमालको निधन – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

तारकेश्वर गाँउपालिका–६ का वडाध्यक्ष रिमालको निधन

नुवाकोटः नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नम्बर– ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।

गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो । नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित थिए ।

उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवम् कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाँउपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
  • २०८२ श्रावण १९, १२: १२

नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
  • २०८२ श्रावण १९, १२: १२

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०८२ श्रावण १९, १२: १२

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...