एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता

काठमाडौंः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

एमसीए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थीतीमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसका लागि संयुक्त लागत १५।४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनहरुको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका काम गरिनेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षत्रिय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा गर्ववान्वित भएको बताए । सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको बताए । उनले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको बताए ।

कार्यकारी निर्देशक खड्काले भने–‘३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको थियो । ३१५ मध्ये २९७ किमि प्रशारण लाइनको सम्झौता गर्न बाँकी थियो आजको सम्झौतापछि १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको छ । अब अर्को लट ११७ किमि प्रशारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी छ । सम्झौता गरिसकेपछि एउटा डेट तोकिएको हुन्छ, त्यो अवधीभित्र निर्माण पक्षले सम्पन्न गर्नुपर्ने हुन्छ । इफक्टिभ डेट भन्छौं त्यो डेट भनेको ४२ महिना हो । तर त्यो भन्दा कन्ट्रायाक्टरले त्यो भन्दा अगाडी गर्न सक्छ । सम्झौतासँगै काम सुरु भयो भन्ने बुझौँ । यसको लागत एउटा परियोजनाको ७ करोड ६० लाख छ भने अर्को परियोजनाको ७ करोड ४० लाख रहेको छ । लगभग दुवै परियोजनाको लागत बराबर छ ।’

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताए । उनकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरु हुन् ।

सम्बन्धित समाचार

नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
  • २०८२ श्रावण २९, १३: ०९

नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
  • २०८२ श्रावण २९, १३: ०९

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०८२ श्रावण २९, १३: ०९

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...