नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री – Naya Bikalpa
June 23, 2026, Tuesday      Epaper

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।

भारतको ७९औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रूपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरिन् ।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरूमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन् । नेपाल–भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको उनले बताइन् ।

मन्त्री डा राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेका उल्लेख गरिन् । यसअघि आजै मन्त्री डा राणाले भारतीय विदेशमन्त्री डा एस जयशंकरमार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्यांकन गरेको बताएकी थिइन् ।

सम्बन्धित समाचार

राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
  • २०८२ श्रावण ३०, १८: ३२

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
  • २०८२ श्रावण ३०, १८: ३२

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०८२ श्रावण ३०, १८: ३२

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...