
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
आफू राजनीतिक चेत बोकेको सफल व्यवसायी भएको बताउँदै उनले आफ्ना लागि अब परिवार र आफू भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेको बताए ।
राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ । केही दिनमै दलको नाम घोषणा गर्ने प्रसाईंले बताए ।
गत चैत १५ गते भएको राजावादीको तीनकुने आन्दोलनमा संलग्न भएको आरोप लागेका उनले आफूलाई भौतिक रूपमा नै सिध्याउन खोजेको आरोप लगाए । सोहीकारण त्यस दिन आफू भागेको उनको तर्क थियो ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...