
नयाँ विकल्प,
काठमाडौं – लण्डनस्थित बेलायतको राजदूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी राेशन खनाललाई दिइएको छ । यसअघि उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शरदराज अरण भने परराष्ट्र मन्त्रालय आएका छन् ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया डेस्कको प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी खनाल यसअघि इजरायलस्थित दूतावासको फस्ट सेक्रेटरीको जिम्मेवारी सम्हालेको अनुभव लिएकी छन् ।
जिम्मेवारी सम्हाल्न खनाल परिवारका सदस्यसहित शुक्रबार लण्डनतर्फ लागेकी छन् । २०६७ सालमा परराष्ट्र सेवामा शाखा अधिकृतको रुपमा नाम निकाल्ने ८ महिलामध्ये खनाल एक हुन् । उनी परराष्ट्र सेवाकाे उपसचिव पदमा कार्यरत छिन् ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...