अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि भूकम्पको ‘बलियो’ कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

अ फगानिस्तानका विभिन्न प्रान्तमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । यूएसजीएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको जनाएको छ ।

भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए । एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार १४, ०७: ५१

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार १४, ०७: ५१

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार १४, ०७: ५१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...