एक खुट्टाले नाचेर चर्चित नृत्यंगना सीता सुवेदीको निधन – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

एक खुट्टाले नाचेर चर्चित नृत्यंगना सीता सुवेदीको निधन

काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

चितवन घर भएकी सीतालाई सानैदेखि नाचेर आफूलाई स्थापित गर्ने सपना थियो। तर, १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो।

एसएलसीपछि सीताले एक खुट्टाकै भरमा नृत्यको बाटो रोजिन्। सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुर्‍यायो।

एक खुट्टाले नाचेर चर्चमा आएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै स्टेजमा नृत्य गरेकी छन् ।

अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०८२ आश्विन ७, १६: ५६

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०८२ आश्विन ७, १६: ५६

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०८२ आश्विन ७, १६: ५६

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...