
काठमाडौं।अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ ।शनिबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं । यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन् । राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ । सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन् । ’
साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए । ‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो । फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’ हमालले भने ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...