रौतहटमा रास्वपाको प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु – Naya Bikalpa
February 11, 2026, Wednesday      Epaper

रौतहटमा रास्वपाको प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

रौतहट : रौतहटमा सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको छ । दुर्घटनामा परेर मृत्यु हुने बालिका ईशनाथ नगरपालिका–४ मठिया टोल निवासी मोहम्मद सगिरकी छोरी अल्फा खातुन रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो करिब साढे २ बजे मस्जिद नजिक खेलिरहेकी बालिकालाई बा.१५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई सोही कारमार्फत गौरस्थित सिटी अस्पताल पुर्‍याइएको थियो ।

सिटी अस्पतालबाट थप उपचारका लागि प्रादेशिक अस्पताल गौर रिफर गरिएकी बालिकाको उपचारकै क्रममा करिब पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन अभियानसँग सम्बन्धित रहेको खुलेको छ । यद्यपि, उक्त समयमा पार्टीका उम्मेदवार शेख शागिर भने गाडीमा सवार नरहेको प्रहरीले स्पष्ट पारेको छ । गाडीमा रास्वपाको स्टिकर टाँसिएको छ ।

बालिकालाई अस्पताल पुर्‍याएपछि चालक फरार भएको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कार भने नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
  • २०८२ माघ २२, १७: २५

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न...

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
  • २०८२ माघ २२, १७: २५

लुम्बिनी : लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्...

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
  • २०८२ माघ २२, १७: २५

काठमाडौं : राष्ट्रिय सभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला...