
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।
सभापति थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवाह समारोहबाट फर्किँदै गरेका आफन्तहरूको अकल्पनीय निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।
त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सभापति थापाले उनीहरूको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न...
लुम्बिनी : लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्...
काठमाडौं : राष्ट्रिय सभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला...