‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन – Naya Bikalpa
February 11, 2026, Wednesday      Epaper

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन


इटहरी : कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

सो निर्णयअनुसार अब ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ वि.सं. २०८२ साल चैत्र ७ गते सोल्टी वेस्टेन्ड होटल, इटहरीमै आयोजना हुने गरी नयाँ मिति तय गरिएको छ । अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।

‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो । गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।

निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ । नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचन आचारसंहिताको पूर्ण सम्मान गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको र नयाँ मितिमा अझ व्यवस्थित रूपमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिने बताए ।

सम्बन्धित समाचार

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
  • २०८२ माघ २४, ०७: ५४

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न...

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
  • २०८२ माघ २४, ०७: ५४

लुम्बिनी : लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्...

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
  • २०८२ माघ २४, ०७: ५४

काठमाडौं : राष्ट्रिय सभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला...