दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोग स्क्रिनिङ अभियान सुरु – Naya Bikalpa
February 11, 2026, Wednesday      Epaper

दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोग स्क्रिनिङ अभियान सुरु

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोग स्क्रिनिङ अभियान सुरु गरिएको छ । नगरपालिकाले माघ २६ गते सोमबारदेखि चैत महिनाको पहिलो हप्तासम्म नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामार्फत अभियान सञ्चालन गर्ने जनाएको छ ।

नगरपालिकाका अनुसार पछिल्लो समय विश्वभर नसर्ने रोग स्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखा परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का तथ्यांकअनुसार सन् २०१८ मा विश्वभर कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएकोमा हाल यो दर बढेर ७१ प्रतिशत पुगेको छ । नेपालमा पनि उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौला सम्बन्धी रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ ।

नगर प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको नसर्ने रोग स्क्रिनिङ अभियान समन्वय समितिको बैठकको निर्णयअनुसार ३० वर्षमाथिका नागरिकको रक्तचाप, रगतमा चिनी (ब्लड सुगर), बीएमआई तथा मिर्गौला सम्बन्धी रोगको स्क्रिनिङ गरिनेछ । स्क्रिनिङका क्रममा सेवाग्राहीलाई नर्मल, प्रि-रिस्क र हाइ-रिस्क वर्गीकरण गरी आवश्यक परामर्श, उपचार तथा रिफरलको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयको सहजीकरणमा स्वास्थ्यकर्मीले नागरिकको घर–आँगनमै पुगेर सेवा प्रदान गर्नेछन् । अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै वडा कार्यालय र स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । साथै, सबै स्वास्थ्य संस्थालाई तथ्यांकसहित चैत ३ गतेभित्र नगर स्वास्थ्य शाखामा प्रतिवेदन बुझाउन अनुरोध गरिएको छ ।

स्क्रिनिङ अभियान सम्पन्न भएपछि चैत ५ र ६ गते नगरपालिकाको अगुवाइमा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल, काठमाडौंको प्राविधिक सहयोगमा दिक्तेलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा विभिन्न रोगका विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

नगरपालिकाले अभियानलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज, विद्यालय परिवार, कर्मचारी तथा ३० वर्षमाथिका सम्पूर्ण नगरबासीलाई अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ । साथै, अभियानको व्यापक प्रचार–प्रसारका लागि सञ्चार जगतलाई सहयोग गरिदिन नगर प्रवक्ता दिनेश कुमार घिमिरेले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
  • २०८२ माघ २६, १२: ५५

काठमाडौं : प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न...

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
  • २०८२ माघ २६, १२: ५५

लुम्बिनी : लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्...

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित
  • २०८२ माघ २६, १२: ५५

काठमाडौं : राष्ट्रिय सभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला...