
मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम हुँदै चुनावी प्रचार कार्यक्रममा रहेका छन् । त्यसैक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं–६ का उमेदवार डा शेखर कोइरालाले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
यसैक्रममा बिराटनगर –१२ निवासी उर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका हुन ।
प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेस र मुलुकको लोकतन्त्र बचाउन सक्ने हुँदा विभिन्न पार्टीबाट पार्टी परित्याग गरेर प्रतिनिधि सभाका प्रत्याशी डा. शेखर कोइरालालाई संघीय संसदमा पु¥याउनका लागि आफुहरु कांग्रेस प्रवेश गरेको बताए ।

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...
ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार...
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...