
पोखरा । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट अनियन्त्रित भएर त्रिशूली नदी किनारमा खस्दा त्यसमा सवार ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको काठमाडौंको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि...
गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको...
काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन...