सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ) – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : सरकारले शासकीय सुधार तथा दीर्घकालीन नीति समन्वयलाई लक्षित गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि राजनीतिक दल, सरोकारवाला निकाय तथा सर्वसाधारणबाट सुझाव र प्रतिक्रिया मागिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त अवधारणापत्र सरकारको सय दिने कार्ययोजनासँग सम्बन्धित रहेको जनाएको छ । सो कार्ययोजनामा विभिन्न राजनीतिक दलका घोषणापत्रमा समेटिएका कार्यान्वयनयोग्य एजेन्डाहरूलाई समेटेर साझा ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गरी लागू गर्ने उल्लेख गरिएको थियो ।

सरकारले तयार पारेको मस्यौदामा १८ वटा प्रमुख क्षेत्र समेटिएका छन् । आर्थिक स्थायित्व र सुधार, कृषि आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास, खानी तथा खनिज र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

यसैगरी रोजगारी सिर्जना र समृद्धि, शिक्षा तथा स्वास्थ्य, वन–वातावरण र जलवायु परिवर्तन, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, तथा डिजिटल सुशासन र प्रविधि क्षेत्र पनि समावेश छन् ।

सामाजिक न्याय र समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोग, खेलकुद विकास, विपद् व्यवस्थापन, सहकारी र लघुवित्त क्षेत्रलाई पनि अवधारणापत्रमा समेटिएको छ ।

सरकारले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ६ राष्ट्रिय दलका घोषणापत्रहरूबाट कार्यान्वयनयोग्य बुँदाहरू छनोट गरी उक्त प्रतिबद्धतापत्र तयार गरेको जनाएको छ । संविधानको मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र जनादेशको संस्थागत कार्यान्वयनलाई आधार मानेर साझा दस्तावेज तयार पारिएको सरकारको भनाइ छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८३ बैशाख १, १६: ०६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८३ बैशाख १, १६: ०६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८३ बैशाख १, १६: ०६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...