लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते एक समारोहबीच सम्पन्न हुँदैछ । वर्किङ टुगेदरको नारा दिएर डिष्ट्रिक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले लायनवर्ष २०२५/०२६ लाई सफल बनाउन अगाडि सारिएको सामाजिक सेवाका काम देखि अन्तर्राष्ट्रियलाई गर्नुपर्ने डोनेसनका कामहरु लक्ष्यभन्दा पनि बढी संकलन गरेर यस वर्ष डिष्ट्रिक्ट ३२५ एफ निकै चर्चामा आएको देखिन्छ ।

गभर्नर भण्डारीले मानवीय सेवाका लागि अगाडि सारिएका सबै सामाजिक सेवाका कार्यक्रमहरु ९ महिना नबित्दै सबैजसो पुरा भइसेका छन् । गभर्नर लायन केशर बहादुर भण्डारीका अनुसार यस वर्ष २२ वटा नयाँ क्लब स्थापना भएकोले संगठन विस्तारमा महत्वपूर्ण फड्को पार गरेर ५०० लायन सदस्य वृद्धि गराउन सफल भएको बताए । त्यसैगरी एलसीआईएफका कोर्डिनेटर ध्रुवबहादुर कार्कीले पनि लक्ष्य भन्दा बढी चौतिस हजार अमेरिकी डलर संकलन गर्न सफल भएको बताएका छन् । त्यस्तै नेपाल लायन्स फाउण्डेसनका कोर्डिनेटर लायन कृष्णज्योति शाक्यले पनि लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएका छन् ।

त्यसैगरी यस वर्ष अर्थात २०२५÷२६ का गभर्नरको पहिलो सामाजिक सेवा अन्तर्गतको कार्यक्रम सर्भिस बैंक यस वर्ष सफल रुपमा सम्पन्न भएको जनाइएको छ । यसैगरी डिष्ट्रिक्ट ३२५ एफमा गर्नुपर्ने सबैजसो तालिम तथा क्याविनेट मिटिङहरु, सर्भिसका कार्यक्रमहरु, वार्षिक क्यालेण्डर अनुसार ठिक ठिक समयमा सम्पन्न भएको हुँदा लायन वर्ष २०२५÷०२६ का गभर्नर लायन केशर बहादुर भण्डारी अहिलेसम्मकै गभर्नरहरुमध्ये सफल भएको मानिन्छन् ।

सम्बन्धित समाचार

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • २०८३ बैशाख ३, १६: १५

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ बैशाख ३, १६: १५

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीलाई कारबाही गर्न सिफारिस
सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीलाई कारबाही गर्न सिफारिस
  • २०८३ बैशाख ३, १६: १५

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के...