
काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने भनिएको निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसँग सम्बन्धित कार्यक्रम हाललाई स्थगित गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनिश्चित समयका लागि रोकिएको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रदेश कार्यसमितिलाई पठाएको पत्रमार्फत शनिबारका लागि तय गरिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएका छन् ।
पत्रमा स्थगनको ठोस कारण उल्लेख नगरिएको भए पनि ‘विशेष परिस्थितिका कारण’ कार्यक्रम रोकिएको उल्लेख छ ।
स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश कार्यसमितिबाट अपेक्षित समन्वय र चासो नदेखिएपछि कार्यक्रम अघि नबढाइएको जनाइएको छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...