
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ ।
प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रमध्ये पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि त्यहाँ रहेका करिब १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ ।
त्यसैगरी, मोरङ जिल्लाको बूढीगंगा क्षेत्रमा रहेको अर्को फार्मसहित दुई ठूला उत्पादन इकाइमा गरी कुल २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सरकारी निकायका अनुसार सुनसरीको रामधुनी र मोरङको बूढीगंगा क्षेत्रका फार्ममा पछिल्लो परीक्षणपछि बर्डफ्लु पुष्टि भएको हो । सङ्क्रमण फैलिन नदिन नियन्त्रणात्मक उपाय स्वरूप आजैदेखि कुखुरा नष्ट गर्ने कार्य (कुलिङ अपरेसन) सुरु गरिएको जनाइएको छ ।
प्रशासनिक निकायले यो घटनालाई प्रदेशको पोल्ट्री क्षेत्रमै हालसम्मको सबैभन्दा ठूलो सङ्क्रमण नियन्त्रण अभियानका रूपमा लिएको जनाएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...