नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता – Naya Bikalpa
April 27, 2026, Monday      Epaper

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय प्रसाद खनाल तथा Past President लायन जिम्बा जाङ्बु शेर्पाको सक्रियतामा Melvin Jones को नाममा नामाकरण गर्ने उध्येश्यका साथ पर्वताआरोही लायन कल्पना महर्जनको टोली द्वारा यहि वैशाख ११ गते तदनुसार अप्रिल २४ तारिखका दिन सफलता पुर्वक यालुङ री शिखर ५६३० मिटर अग्लो हिमालको सफल आरोहण सम्पन्न गरेका छन । जसअनुसार कल्पना महर्जन र तासि शेर्पा स्वास्थ्य अनुकुल नभएका कारण यालुङ्ग वेसक्याम्प सम्म पुगे भने दुई जना लायन दावा क्षेयी शेर्पा र फुर्वा शेर्पा भने सफल आरोहण गरि फर्किएका छन । उक्त टोली बैशाख ६ गते अर्थात अप्रिल १९ तारिखका दिन त्यसतर्फ प्रस्थान गरेका थिए । पर्वताआरोहीको टोली लाई वैशाख ५ गते लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चैाथो राष्ट्रिय कनभेन्सनका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालवाट आरोहण समाग्री हस्तान्तरण गरिएको थियो ।

उक्त कनभेन्सनमा चावहिल सिटी क्लवले हिमाल चड्न चाहिने अत्यावश्यक समाग्रीहरु एक समारोहका विच प्रमुख अतिथि सभामुख डोल प्रसाद अर्याल, डिष्ट्रिक्ट गभर्नर लायन केशर वहादुर भण्डारी तथा व्यवस्थापकीय जिम्वेवारी लिएका चावहिल सिटीका लायन्स लिडरहरुले यालुङ्ग री शिखर अभियानलाई “मेल्भिन जोन्स / लायन्स पिक” को रूपमा मान्यता दिने प्रस्ताव स्वरुप आरोहणको तयारी गरिएको आयोजक क्लव चावहिल सिटीले वताएको थियो ।
नेपाल संसारका सबैभन्दा प्रतिष्ठित हिमाली शिखरहरूको घर, पर्वतारोहण, साहसिक पर्यटक र सांस्कृतिक सम्पदाका लागि विश्वव्यापी रूपमा प्रख्यात पर्यटन गन्तव्यको रूपमा चिनिदै आएको छ। नेपाल आफ्नो प्राकृतिक सौन्दर्यका साथसाथै आध्यात्मिकता र सामुदायिक सद्भावको प्रतीक रहेकोले यालुङ रीलाई “मेल्भिन जोन्स पिक” वा “लायन्स पिक” को रूपमा मान्यता दिन दूरदर्शी पहल प्रस्तुत गरेर प्रशँसनिय कार्यले लायन्स क्लब् इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सलाई सम्मान स्वरुप चावहिल सिटीको यो कार्य अतिनै सराहनीय रहेको छ ।

नेपालको प्राकृतिक सम्पदालाई लायन्स क्लब्सको विश्वव्यापी मानवीय नेटवर्कसँग जोड्न र यालुङ रीको सेवा, शान्ति, दिगो पर्यटन विकासको रुपमा अगाडि वडाउनु आरोहणको प्रमुख उध्येश्यका साथै मेल्भिन जोन्स र लायन्स क्लब्स इन्टरनेशनलको मानवीय विरासतलाई श्रद्धाञ्जलि स्वरूप अर्पण गर्नु यस्को प्रमुख उध्येश्य रहेको वताइएको छ । अन्तर-सांस्कृतिक समझधारीलाई सम्मान र प्रवर्धन गर्न पनि यस्ता सिविरहरु सँचालनमा जोड दिएको चावहिल सिटीका सँस्थापक एवम २०२६/०२७ का इलेक्ट गभर्नर लायन अजय प्रसाद खनाल वताउछन । यस्ता जागरूकताले अन्तर्राष्ट्रिय मित्रता वढाउदै पर्वतारोहणको साथ साथै सामुदायिक सेवा र लायन्स गतिविधिहरूमा भाग लिन अभिप्रेरित गर्न सकिने उनको तर्क रहेको छ । यालुङ री हिमाल नेपालको सुदूर रोल्वालिङ उपत्यकामा अवस्थित पर्वतारोहीहरूका लागि छोटो, किफायती भएको हुदा महत्त्वाकांक्षी पर्वतारोहीहरूका लागि एउटा उत्कृष्ट प्रवेश बिन्दु भएकोले यस्ता शिविरहरुको खोजी गर्नु पनि लायन्सहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा टेवा पुराउन गरेको कर्तव्य वन्नसक्छ । यस्ता शिविरहरुवाट अद्भुत दृश्यावलोकनले सो मार्गमा पर्ने एभरेस्ट, ल्होत्से, गौरी शंकर, मकालु र अन्य हिमाली महाकायहरूका मनमोहक दृश्यहरू देख्न पाइन्छ । त्यसैगरि सांस्कृतिक अनुभव वटुल्दै ट्रेकरहरू ना गाउँ र अन्य शेर्पा बस्तीहरूबाट गुज्रिँदै तिब्बती प्रभावित परम्पराहरू, प्राचीन गुम्बाहरू र स्थानीय आतिथ्यको अनुभवहरु प्राप्त हुने हुदा त्सो रोल्पा तालको अन्वेषण एउटा पवित्र उच्च-उचाइ हिमनदी ताल, सुदूर उपत्यकाहरू, आध्यात्मिक अवशेषहरू र सयौं वर्ष पुरानो गुफाहरूको पहुँचलाई सजिलै नियाल्न सकिने आरोहीहरु वताउछन । त्यसैले होला उतिवेलै मेल्भिन जोन्सले सन् १९१७ मा “हामी सेवा गर्छौं” भन्ने सरल तर शक्तिशाली दर्शनसहित संसारको सबैभन्दा ठूलो मानवीय सेवा संगठन लायन्स क्लब्स इन्टरनेशनलको स्थापना गरेको हुनुपर्दछ ।

मेल्भिन जोन्स (१३ जनवरी १८७९ – १ जुन १९६१)
लायन्स क्लब इन्टरनेशनलका संस्थापक रहेेको हुदा आज यो संगठन २१० देशहरूमा क्रियाशील रहेकोले १४ लाखभन्दा बढी सदस्यहरूले स्वास्थ्य, शिक्षा, विपद् राहत, वातावरण र सामुदायिक विकासका पहलहरूमार्फत विश्वभर मानविय सेवाहरु गरिरहेका छन । दाेलखा जिल्लाको ५,६३० मिटर उचाइको यालुङ री शिखरमा एउटा नयाँ महत्त्वपूर्ण पहल प्रस्तावित गरि यसलाई मेल्भिन जोन्सको सम्मानमा औपचारिक रूपमा “मेल्भिन जोन्स पिक” वा “लायन्स पिक” को रूपमा मान्यता दिने र प्रवर्धन गर्ने उध्येश्यले यो शिखरको नामाकरण गरि नेपालमा भएको १,३१०भन्दा बढी शिखरहरूमध्ये एउटालाई “लायन्स पिक” को रूपमा प्रचार गरेर अन्य पर्वतहरूको पनि पहिचान र प्रवर्धन हुने विश्वास लिन सकिन्छ । यस्ता शिविरहरुले स्थानीय रोजगारी, स्थानीय गाइड, भरिया र आरामदायि आवासहरुको अवसरहरु वढ्ने निस्चित छ । पर्यटक वढ्योभने राजस्वमा वृद्धि पर्वतारोही र ट्रेकरहरूको अनुमति, पर्यटन सेवा र आतिथ्यले गर्दा नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ । लायन्स क्लबहरूको संरक्षण र सहयोग प्राप्त हुन सक्छ । दिगो पर्यटन सुनिश्चित गर्दै पर्यटकिय क्षेत्रको प्रचारले नेपालको सर्वोत्तम पर्वतारोहण गन्तव्यको रूपमा रहेको ख्याति प्राप्त पर्वतारोही सिविरहरुको भ्रमण विस्तार हुनेछ । यो यात्रा कम्तिमा पनि ११ दिन लाग्ने हुदा यस्मा खर्च पनि झणडै ८,५०,०००। रकम लाग्ने जनाइएको छ।


तसर्थ यालुङ री नर्थको नाम परिवर्तन गरी मेल्भिन जोन्स पिक तथा लायन्स पिक राख्नु एउटा संकेतमात्र नभई नेपालका लागि एउटा रूपान्तरकारी अवसरको रुपमा प्रयोग गर्दै पर्यटनलाई विश्वव्यापी रूपमा मान्यता प्राप्त गर्न नेपाललाई विश्वस्तरीय गन्तव्यको रूपमा अगाडि वढाउदै हिमाली क्षेत्रको दिगो विकासका लागि “मेल्भिनका लागि एउटा शिखर बनाऔं । लायन्सका लागि एउटा सम्पदा “भन्ने नारालाई सकार पार्न चावहिल सिटीले गरेको यो कार्यलाई डिष्ट्रिक ३२५ एफले यो गैारवपुर्ण कार्यको रुपमा लिदै लायनिजमको ईतिहासमा एउटा नया आयाम थपिने विस्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन
  • २०८३ बैशाख १३, १८: ०८

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा...

सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
  • २०८३ बैशाख १३, १८: ०८

काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक...

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
  • २०८३ बैशाख १३, १८: ०८

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर...