कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण, आफ्नै विश्व कीर्तिमान फेरि तोडियो – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कामिरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथा आरोहण, आफ्नै विश्व कीर्तिमान फेरि तोडियो

काठमाडौँ । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती Kami Rita Sherpa ले विश्वकै सर्वोच्च शिखर सगरमाथामा ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई फेरि विस्तार गरेका छन् ।

५६ वर्षीय कामिरिताले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेका हुन् । यसअघि उनले गत वर्ष जेठ १३ गते ३१औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

कामिरिताले विसं २०८१ को एकै सिजनमा २९ र ३०औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका थिए । त्यसअघि विसं २०७९ को वसन्त ऋतुमा पनि उनले दुई पटक सगरमाथा आरोहण गर्न सफल भएका थिए ।

सन् २०२३ मे १७ मा उनले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए भने केही दिनमै पुनः दोस्रोपटक चुचुरोमा पुग्दै अर्को उपलब्धि हासिल गरेका थिए । सन् २०२२ मा डोरी टाँग्ने अभियानका क्रममा उनले २६औँ पटक सगरमाथा आरोहण पूरा गरेका थिए ।

सगरमाथामात्र होइन, उनले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र एक पटक केटु आरोहण गरिसकेका छन् । यससँगै उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा ४० पटक सफल आरोहणको कीर्तिमान कायम गरेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता शेर्पा आज विश्व पर्वतारोहण क्षेत्रकै प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् । उनको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासलाई थप गौरवान्वित बनाएको छ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०८३ जेष्ठ ३, १४: ५८

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०८३ जेष्ठ ३, १४: ५८

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ जेष्ठ ३, १४: ५८

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...