नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

हरेक वर्ष जुन २१ मा मनाइने अन्तरराष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१५ देखि विश्वभर मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग दिवस घोषणा गर्ने प्रस्ताव राखेका थिए भने नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले त्यसमा पहिलो समर्थन जनाएका थिए।

नेपालमा भने विसं २०३६ माघ १ गतेदेखि उत्तरायणको अवसर पारेर योग दिवस मनाउने परम्परा सुरु भएको थियो। सरकारले विसं २०७२ साउन २८ गते माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको थियो। हाल नेपालमा माघ १ मा राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइँदै आएको छ।

योग, ध्यान र आयुर्वेदले मानसिक शान्ति, स्वास्थ्य र आरोग्यता प्रवर्द्धन गर्ने विश्वासका साथ पछिल्लो समय नेपालमा योगप्रतिको आकर्षण बढ्दै गएको छ। नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा समेत योग विषयको अध्ययन तथा अध्यापन भइरहेको छ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योगासन प्रदर्शनका साथै योगको महत्वबारे जानकारी गराइएको छ।

सम्बन्धित समाचार

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८३ असार ७, ०७: २२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८३ असार ७, ०७: २२

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
  • २०८३ असार ७, ०७: २२

भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र...