
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका सह–महामन्त्री डा. डिला संग्रौलाको नेतृत्वमा रहेको केन्द्रीय टोली यतिबेला पूर्वी पहाडी जिल्लाहरू भोजपुर र संखुवासभामा बृहत् अन्तरसंवाद कार्यक्रममा जुटेको छ।
अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दिपेन श्रेष्ठ र सुरेश सुब्बा लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।
अन्तरसंवादका कार्यक्रममा सह–महामन्त्री संग्रौलाले भनिन् , “जनता हामीसँग केही कुरामा रिसाएका छन्, तर उनीहरूमा अझै कांग्रेसप्रति आशा र भरोसा हटेको छैन। यो पटक मत मात्र परिवर्तन गरेकाले त्यो आशा र भरोसालाई पुनर्जागृत गराउन युवा तथा महिलालाई नेतृत्वको अग्रभागमा ल्याउनु संकल्प गर्दै पार्टि भित्रका सुधारका कुरालाई निरन्तरता दिने हाम्रो लक्ष्य रहेको छ।”

पार्टीको आन्तरिक संगठन सुदृढीकरणका साथै राष्ट्रिय राजनीति र सरकारका हालैका गतिविधिहरूमाथि पनि अभियानमा व्यापक छलफल भइरहेको छ। संसद्मा पछिल्लो समय देखा परेका कतिपय विवादास्पद विषयहरू, जस्तै भ्रष्टाचारको आरोप लागेका सांसदहरूलाई निलम्बन नगर्ने जस्ता कदमहरूका विरुद्ध कांग्रेसले सुशासनको बलियो मुद्दा उठाएको पनि औंल्याइएको छ। सरकारका जनविरोधी क्रियाकलाप र राष्ट्रियताका संवेदनशिल मुद्धाहरूबारे जनतालाई स्पष्ट पार्दै सचेत गराउने कार्य यस अभियानको प्राथमिकतामा रहेको नेताहरूले बताएका छन्।

कांग्रेस नेतृत्वको यो टोलीले पार्टीभित्रै व्यापक रूपान्तरणको खाँचो औंल्याएको छ। जनताको गुनासो सम्बोधन गर्दै संगठनभित्र जिम्मेवारीको न्यायोचित बाँडफाँड र नयाँ पुस्ताको आकर्षण बढाउन युवा तथा महिलाहरूलाई अगाडि सार्नुपर्ने आवाज सवैतिर वाट उठ्न थालेको छ।

भोजपुर र संखुवासभाका स्थानीय नेता, कार्यकर्ता तथा आम नागरिकसँगको अन्तरसंवादले पार्टीमा नयाँ ऊर्जा र जोस पुनर्जिवित हुनेहुदा आगामी दिनमा कांग्रेस आम नागरिक घरदैलोमा नजिकसँग पुग्ने विश्वास उक्त अन्तरसवाद तथा छलफल कार्यक्रम व्यक्त गरिएको छ।
कार्यक्रममा स्थानिय नेता, नयाँ युवाहरु तथा महिलाहरुको उल्लखनीय उपस्थिति रहेको थियो ।


काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...