लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न


काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा पूर्ण बैठक जरसिँङ्ग पैावामा दुई दिवश्यिय फेलोसिप कार्यक्रम क्लव प्रेसिडेन्ट लायन रिता ढकालको अध्यक्ष्यतामा भव्यरुपमा सम्पन्न गरेको छ ।

नेपाल जर्नालिस्ट क्वले पहिलो दिन लायन वर्ष २०२५/०२६ मा गरिएका वार्षिक कार्यक्रमको समीक्षा गर्दै लायन वर्ष २०२५/०२६ लाई सफल वनाउन क्लवका शिर्ष नेतृत्व देखि क्लवका सदस्यहरुले वर्षभरि सामाजिक कार्यमा पुराउनु भएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै लायन वर्ष २०२६/०२७ मा पनि क्लवलाई उचाइमा पुराउन निरन्तर लागि पर्ने वताईन । २०२५/०२६ लाई सफल बनाउन उल्लेखनिय सहयोग गर्ने क्लवका चार्टर प्रेसिडेन्ट लायन योगेन्द्र प्रताप शाही, पुर्व अध्यक्ष लायन नेत्र प्रसाद न्यैापाने, पुर्व अध्यक्ष लायन दामोदरप्रसाद दवाडी, २०२५/०२६ का क्वव सेक्रेटरी लायन सन्तोष नेपाल, जर्नलिस्ट क्लवका नया सदस्य लायन अप्सरा अधिकारीलाई सम्मान तथा लायन्सको पिन हस्तान्तरण गरेकी थिईन् ।

क्लव सेक्रेटरी लायन सन्तोष नेपालको कार्यक्रम प्रस्तुति, चार्टर प्रेसिडेन्ट लायन योगेन्द्र प्रताप शाहिको मार्गनिर्देशन र पुर्व अध्यक्ष लायन दामोदरप्रसाद दवाडीको भावि रणनीतिक कार्यदिशाले जर्नालिस्ट क्ववलाई अव्वल वनाउन सफल हुने विस्वास गरिएको छ ।

प्रेसिडेन्ट लायन रिता ढकालले क्लवका सदस्य तथा पदाधिकारीहरुले खुला छलफल गरेर भाविदिनहरमा नेतृत्व विकासमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन । क्लवका क्लव डाईरेक्टर लायन राधा वुढाथोकि ,क्लव डाईरेक्टर लायन असरफ अनुहर, क्वव डाईरेक्टर प्रज्जल थापा, लगायतले भावि दिनहरुमा पनि क्लवलाई उचाइ मा पुराउन साथ र सहयोग निरन्तर प्रदान गरिरहने विस्वास व्यक्त गरेका छन् । पहिलो दिन दुई घण्टा छलफलमा सवैको सक्रिय भुमिका रहेको थियो ।

त्यसैगरी दोस्रो दिन पद हस्तान्तरण कार्यक्रम प्रेसिडेन्ट लायन रिता ढकालको अध्यक्षतामा लायन वर्ष २०२६/०२७ का प्रेसिडेन्ट इलेक्ट लायन गैारववावु पोखरेललाई कार्यसमितिको माइन्युट प्रेसिडेन्ट पद हस्तान्तरण गरिएको थियो । लायन पर्ष २०२६/०२७ का लागि प्रेसिडेन्टमा गैारववावु पोखरेल प्रेसिडेन्ट, देवराज प्रसाईं फस्ट भ्वाइस प्रेसिडेन्ट, सेकेन्ड भ्वाइस प्रेसिडेन्ट सन्तोष नेपाल, व्लव सेक्रेटरी रुकुमसिँह जागरी, क्लव टेजररमा राधा वुढाथोकि निर्वाचित भइसकेको हुदा पिभिएसटिले क्लवलाई ससक्त वनाईरहन लागि पर्ने वताएका छन । नेपाल जर्नलिस्ट क्लव २०१८ देखि लायनिज्म यात्रामा सक्रिय भुमिका निभाउदै आएकोले क्लवका पुर्व अध्यक्षहरु लायन योगेन्द्र प्रताप शाही, लायन नेत्र प्रसाद नैापाने र लायन दामोदरप्रसाद दवाडी डिस्ट्रक लेभलमा विभिन्न जिम्मेवारी समाल्न सफल भएका छन् ।

नेपाल जर्नालिस्ट क्ववको पुर्ण वैठक, पद हस्तान्तरण तथा चिया वगान सम्म हाईकिङ्ग कार्यक्रम रमणीय स्थलको भ्रमण लगायतले लायन्स मार्फत समाजसेवाका साथै जिवनलाई तन्दुरस्त र सार्थक वनाउन लायनिज्मको यात्राले रमणीय उदाहरण प्रस्तुत गरेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८३ असार १४, ०७: २८

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८३ असार १४, ०७: २८

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८३ असार १४, ०७: २८

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...