
दाङ : नेपाली कांग्रेसको इतर समूहले लुम्बिनीमा आयोजना गरेको प्रदेशस्तरीय भेलामा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टी विभाजनको कुनै पनि प्रयासमा आफू नलाग्ने स्पष्ट घोषणा गरेका छन्। सदस्यता अद्यावधिक गरेर कांग्रेसभित्रै संघर्ष गर्ने र नयाँ पार्टी गठनको पक्षमा नरहने उनको अभिव्यक्तिले पार्टी विभाजनको सम्भावनाबारे चलिरहेको चर्चामा नयाँ मोड आएको छ।
दाङमा मंगलबार सम्पन्न नेपाली कांग्रेस इतर समूहको लुम्बिनी प्रदेशस्तरीय भेला अपेक्षाभन्दा फरक सन्देशसहित सम्पन्न भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति असन्तुष्टि जनाउँदै देशभर प्रदेशस्तरीय भेला गर्दै आएको समूहको अन्तिम कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेस विभाजनको कुनै पनि प्रयासमा साथ नदिने स्पष्ट घोषणा गरेका हुन्।
सम्बोधनका क्रममा राठौरले आफूले क्रियाशील सदस्यताको अद्यावधिक गर्ने र कांग्रेसभित्रै रहेर राजनीतिक संघर्ष जारी राख्ने बताए। उनले नयाँ पार्टी गठन गर्ने वा सदस्यता नवीकरण नगर्ने अभियानमा आफू सहभागी नहुने स्पष्ट गर्दै कांग्रेस कमजोर बनाउने कुनै पनि कदम लोकतन्त्रका लागि हितकर नहुने धारणा राखे।
उनले भने, “म सदस्यता अद्यावधिक गर्छु, कांग्रेसभित्रै लड्छु। त्यसो गर्न नसके आलु खेती गरेर बस्छु, तर अर्को पार्टी बनाउने अभियानमा लाग्दिन। भोट हाल्ने रुखमै हो, कांग्रेस छाड्ने प्रश्नै उठ्दैन।”

राठौरले सम्बोधनका क्रममा सहभागी कार्यकर्ताहरूबाट उठेका जिज्ञासाको समेत जवाफ दिँदै भ्रममा नपर्न आग्रह गरे। उनले पार्टी फुटाएर विकल्प खोज्नु समाधान नभएको उल्लेख गर्दै कांग्रेसभित्रै संगठन बलियो बनाउनुपर्नेमा जोड दिए।
उनले कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने तर्क गर्दै एमाले–माओवादीबीच एकताको चर्चा भइरहेका बेला कांग्रेसभित्र विभाजनको बहस गर्नु आत्मघाती हुने बताए। “रुख चिन्ह र चारतारे झण्डा छाड्न सक्दिनँ,” भन्दै उनले आगामी महाधिवेशन र स्थानीय निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे।
राठौरको अभिव्यक्तिलाई उपस्थित धेरैले कांग्रेस विभाजनको सम्भावनाप्रति स्पष्ट असहमतिको रूपमा व्याख्या गरेका छन्। विशेषगरी पार्टी विभाजनको चर्चा भइरहेका बेला उनको धारणा सार्वजनिक भएपछि कांग्रेस फुटाउने सम्भावनामा धक्का पुगेको सहभागीहरूको भनाइ थियो।
खड्का कोइरालाले आफुसँग गुट बनाएर राखिएको समूहहरुले पनि पार्टीले सुरु गरेको डिजटल अध्यावधिक गर्दै गएका कारण पुरानो संस्थापन भनिएकाहरु र कोइरालाको समूह पनि दिन प्रतिदिन रित्तिँदै गएको देखिन्छ । उता अैाषधोउपचार भन्दै हङकङ बसिरहेका देउवा दम्पती पनि नेपाल फर्कने सम्भावना न्यून हुँदै गएको आकलन राजनैतिक वृत्तमा चर्चा चलिरहेको छ । खड्का कोइरालाले पटक पटक वर्तमान काङ्ग्रेस नेतृत्व सँग वार्गेनिङ्ग गरिरहेका छन । तर यहि २० गते सम्म क्रियाशिल सदस्यता अध्यावधि गरिसक्नु पर्ने समयसिमा भित्र अध्यावधि नगरेमा र दुवै समुहका प्रमुख नेताहरुले गगन कुमार थापासँग प्रतिशोध साँध्दै जाँदा काङ्ग्रेसको मुलधारको राजनीति वाट १५औं महाधिवेशनमा यी नेताहरु बाहिर पर्ने सम्भावना बढ्दै गएको देखिन्छ ।
लुम्बिनी भेलामा शीर्ष नेतृत्व पूर्णबहादुर खडका, डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटैाला, प्रकाशमान सिंह , डाक्टर शशांक कोइराला, धनराज गुरुङ, डाक्टर प्रकाशशरण महत, बद्री पाण्डे, एनपी साउद, मोहनबहादुर बस्नेत उपस्थित नहुँदा भेला निकै फितलो देखिएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...