बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

शनिबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ र प्रदेश आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको हो। उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्।

बजेट पारित हुनुअघि विपक्षी सांसद ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले विभिन्न मन्त्रालयको बजेटमा खर्च कटौतीका प्रस्ताव दर्ता गराएका थिए। ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिए पनि बहुमतले अस्वीकृत गरेपछि सरकारले प्रस्तुत गरेको बजेट यथावत् पारित भएको हो।

प्रदेश सरकारको बजेटमाथि असार १६ गतेदेखि प्रदेशसभामा निरन्तर छलफल हुँदै आएको थियो। छलफलका क्रममा सांसदहरूले बजेटका प्राथमिकता, योजना छनोट, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता तथा क्षेत्रगत सन्तुलनलगायत विषयमा धारणा राखेका थिए। उठाइएका प्रश्न र जिज्ञासाको सम्बन्धित विभागीय मन्त्रीहरूले शुक्रबार र शनिबार बसेका बैठकमा जवाफ दिएका थिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको जनाएको छ।

बजेट पारित गर्ने क्रममा सत्तारूढ नेपाली कांग्रेसभित्र केही असन्तुष्टि देखिएपछि पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्वीप’ जारी गरेको थियो। त्यसपछि कांग्रेसका सबै प्रदेशसभा सदस्य बजेटको पक्षमा उभिएका थिए।

बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (एमाले) सम्मिलित संयुक्त सरकार रहेको छ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २०, १९: २९

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २०, १९: २९

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २०, १९: २९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...