कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी जारी


काठमाडौं : कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइएको छ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ।

सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको थियो।

सोनार क्यामरा र म्याग्नेटसहितको उपकरण प्रयोग गरी उक्त टोलीले आज खोजीकार्य गर्ने सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ४०० सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

सम्बन्धित समाचार

सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
सरकारले गर्‍यो सयदिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)
  • २०८३ असार २०, ०८: २८

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।...

बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
बागमती सरकारको आ.व. २०८३/०८४ को बजेट पास
  • २०८३ असार २०, ०८: २८

हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २०, ०८: २८

काठमाडौं : हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। यसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भएको छ।...