प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौं : संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै आयोगका दुई रिक्त आयुक्त पदका लागि गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम पनि सिफारिस गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका कार्की मोरङका हुन् । यस्तै, पूर्व डिआइजी डा. राजीव सुब्बा र अवकाशप्राप्त सरकारी वकिल गुरुप्रसाद वाग्ले निर्वाचन आयुक्तका लागि सिफारिस भएका छन् ।

बैठकका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूमाथि पर्याप्त छलफल नगरी सिधै सिफारिस गरिएको भन्दै असहमति जनाएका थिए । उनले भविष्यमा उम्मेदवारहरूको योग्यता, अनुभव र उपयुक्तताबारे पर्याप्त छलफल गरेपछि मात्र सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

संवैधानिक परिषद्को सिफारिसपछि अब प्रस्तावित व्यक्तिहरूको संसदीय सुनुवाइ लगायत संवैधानिक प्रक्रिया पूरा भएपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार १९, १९: १२

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार १९, १९: १२

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार १९, १९: १२

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...