यी स्थानमा भारी वर्षाको सम्भावना – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

यसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।

सिन्धुपाल्चोकको ६५.४ मिलिमिटर, गोब्रेमा ६७.८ मिलिमिटर, संखुवासभाको चैनपुरमा ६८.२ मिलिमिटर, नुममा ६०.६, प्यूठानको सेउलीबाङमा ५०.६ मिलिमिटर वर्षा भएको छ।

शनिबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

सम्बन्धित समाचार

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
  • २०८३ असार २०, ०८: २६

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
  • २०८३ असार २०, ०८: २६

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...

सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
  • २०८३ असार २०, ०८: २६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...