चितवनमा हात्तीको आक्रमणमा आमा-छोराको मृत्यु – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

चितवनमा हात्तीको आक्रमणमा आमा-छोराको मृत्यु


चितवन : चितवनमा हात्तीको आक्रमणमा परी आमा-छोराको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा पनि आगलागी भएको थियो।

आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो।

सम्बन्धित समाचार

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
  • २०८३ असार २१, ०७: २५

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
  • २०८३ असार २१, ०७: २५

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...

सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
  • २०८३ असार २१, ०७: २५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...