प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित – Naya Bikalpa
July 5, 2026, Sunday      Epaper

प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

काठमाडौँ : लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलहरूले सामूहिक रूपमा बहिष्कार गरेपछि कार्यवाही रोकिएको छ ।

आइतबार बसेको बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षका प्रतिनिधिहरूले सरकारको आर्थिक प्रस्तावप्रति आपत्ति जनाएका थिए । प्रमुख सचेतक इन्द्रजित थारुले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट असन्तुलित रहेको, विपक्षीका सुझावलाई उपेक्षा गरिएको तथा जनअपेक्षा अनुरूप नभएको टिप्पणी गर्दै बैठकबाट बाहिरिने घोषणा गरेका थिए ।

त्यसपछि प्रमुख प्रतिपक्षसँगै अन्य विपक्षी दलका सांसदहरू पनि बैठक कक्षबाट बाहिरिएपछि सभा सञ्चालन अवरुद्ध भएको हो ।

उत्पन्न अवस्थालाई ध्यानमा राख्दै सभामुख तुलाराम घर्तीमगरले सदनको कार्यसूची अघि बढाउन नसकिने जनाउँदै बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी गराएका छन् ।

आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
कांग्रेसले १५औं महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने
  • २०८३ असार २१, १५: १९

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको...

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
  • २०८३ असार २१, १५: १९

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र...

सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता, निजी क्षेत्रलाई अपराधी सरह व्यवहार गरियो : सभापति थापा
  • २०८३ असार २१, १५: १९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा लोकप्रियता हासिल गर्ने प्रयासमा बढी ध्यान दिएको...